तनहुँको बन्दीपुर गाउँपालिका शनिबार १३ गतेदेखि खुल्ने भएको छ। नेपाल सरकारले निषेध गरेको सेवाहरु र यातायात सेवा बाहेक अन्य सेवाहरु खोल्ने निर्णय बन्दिपुर गाउँपालिकाले गरेको छ।
शुक्रबार राति १२ बजे बाट दोस्रो चरणको लकडाउन सकिए सगै गाउँपालिकाले आज निकालेको एक विज्ञप्तीमा लकडाउन शनिबार १३ गतेदेखि देखि खुकुलो बनाएको हो ।
गाउँपालिकाको बजार क्षेत्रमा शनिबार देखी बिहान १० बजेबाट दिउसो २ बजेसम्म मात्र बजार खुल्ला गर्ने पाउने निर्णय गरेको बन्दिपुर गाउँपालिकाका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष धुब्र प्रसाद लामिछानेले जानकारी दिए ।
गाउँपालिकाले बजार क्षेत्रका अति आवश्यक सेवाका पसलहरु, बैक लगायत बित्तिय संघ सँस्थाहरु समेत संचालन गर्न पाउने तर सवारी साधानको हकमा अति आवश्यक साधनहरु बाहेक सार्वजनिक यातायात,होटल रेष्टुरेण्ट,ट्यूशन सेन्टर , सैलुन, व्युटीपार्लर साथै खेलकुदका कार्यक्रमहरु समेत बन्द रहने जनाएको छ ।यसै गरि निर्माण सामग्रीहरुको ढुवानीका लागी विहान १० बजे देखी दिउसो २ बजे सम्मा ढुवानी गर्न साधनहरु संचालन गर्न पाउने विज्ञप्तीमा उल्ललेख छ ।
भानुको नाका एक हप्तालाई सिल
गाउँपालिकाले भानु नगरपालिकासँग जोडिएको नाका एक हप्तासम्मलाई शिल गर्ने समेत निर्णय गरेको छ । बन्दीपुर गाउँपालिका डुम्रेबजार क्षेत्रमा ब्यापार, व्यावसाय र दैनिक आवश्यकताका सामाग्रीहरु खरीदका लागी आउने भानु नगरपालिकाका मानिसहरुलाई नाकामा आवतजावतमा एक हप्ता (आगमी १९ भदौ) सम्मका लागी रोक(सिल) गरिएको छ ।