भदाै ११,गाेरखा
बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुपर्क्षका लागि कारागार चलान गरेकाे छ ।
बिहिबार भएको थुनछेक बहसमा जिल्लाका अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो ।
जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए ।
साउन १६ गते गाउँकै १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा रानाभाटलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियो।
प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकाेमा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेको हो ।
उनी तत्कालिन नयाँ शक्ति पार्टीका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । जनता समाजवादी पार्टीले उनलाई सबै जिम्मेवारीबाट तत्कालका लागि निलम्बन जनता समाजवादी पार्टीले जनाएकाे छ ।