सिमा नाका कडाइकाे निरीक्षण गर्दै गाेरखाका एस.पि. गुरूङ

रबिन्द्र कंडेल

भाद्र ११, गाेरखा ।

गाेरखामा काेराेना संक्रमण कम गर्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालयले सिमा नाका कडाइ गर्न निर्देशन दिएसँगै प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरूङ सिमा नाका भएका स्थानहरूकाे निरीक्षणमा हिडन थाल्नुभएकाे छ ।

यसै क्रममा उहाँले हिजाे पालुङटार नगरपालिकास्थित अस्थायी प्रहरी पाेष्ट बिरूवाटार पुगी मातहतका प्रहरी कर्मचारीहरूलाइ निर्देशन दिनुभएकाे छ ।

जिल्ला प्रशासन कार्यालय गाेरखाले जिल्ला प्रबेश गर्ने नाका भएका ५ वटा पालिकाहरूलाइ यस अघि नै पत्र पठाइ नाका प्रबेशमा कडाइ गर्न निर्देशन दिइसकेकाे छ ।

समग्र गाेरखाकाे सुरक्षा अबस्था ठीक भएकाे र काेराेना संक्रमितकाे संख्या पनि न्यून भएकाे भएता पनि अन्य जिल्लाबाट मानिसहरूकाे अावत जावत भएमा संक्रमण बढन सक्ने भएकाे हुँदा सिमा नाका कडा गर्नुपरेकाे प्रहरी प्रमुख एस.पी. गुरूङले बताउनुभयाे ।

साेही क्रममा एस.पी. गुरूङले अस्थायी प्रहरी पाेष्ट बिरूवाटारकाे नाममा रहेकाे जग्गाकाे समेत निरीक्षण गरी प्रहरी चाैकी भवन निर्माणका लागि पहल गर्ने समेत बताउनुभयाे । गत बर्ष नगरपालिकाबाट बिनियाेजित रकमबाट प्रहरी चाैकी भवन निर्माणकाे लागि जग्गा खरीद गरिएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.