पालुङ्टार ७ को दलित उत्थान समितिको अध्यक्षमा मिन बहादुर परियार

रविन्द्र कंडेल
२५ साउन, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ का दलितहरुको प्रथम वडा भेला सम्पन्न भएको छ ।
भेलाले मीन बहादुर परियारको अध्यक्षतामा १९ सदस्यीय वडास्तरीय दलित उत्थान कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा पम्फा बि.क, सचिवमा शुक्र बहादुर बि.क, उपसचिवमा राजकुमार परियार, कोषाध्यक्षमा रामचन्द्र बि.क रहेका छन् । समितिको अन्य सदस्यहरुमा मिन बहादुर बि.क, शुक बहादुर परियार, प्रवास बाबु परियार, राजु नेपाली, खडक नेपाली, दुर्गा बहादुर बि.क, सुक बहादुर नेपाली, बिमला नेपाली, लेख बहादुर बि.क, शिवराम बि.क, श्याम सुनार, शंकर बि.क.,प्रेम नेपाली र सिता परियार रहेका छन् ।
वडा नं. ७ च्याङ्ली बिरुवाटारमा बयोवृद्ध हर्क बहादुर बि.क.को अध्यक्षतामा भेला सम्पन्न भएको थियो । शिक्षक मन बहादुर परियारले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले मन्तव्य राख्दै दलितहरु एक भई इमान्दारीका साथ काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै गरी भेलामा गोरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल, दलित अगुुवाहरु दिल बहादुर वि.क., कमल बहादुर वि.क, पम्फा बि.क, सञ्जय बि.क, शुक्र बहादुर वि.क, प्रवाशबाबु परियार लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
भेलामा बोल्ने अधिकांश बक्ताहरुले दलित एकतामा जोेड दिनुका साथै दलितहरुका लागि समान अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्तगरेका थिए । जीवन ज्योति मा.वि.को सभाहलमा सम्पन्न भेलामा सामाजिक दुरी कायम गरिएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.