पालुङ्टारमा प्रहरीद्धारा गाँजा नष्ट

रविन्द्र कंडेल
५ साउन
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नंं ८ मा प्रहरीले गाँजा नष्ट गरेको छ ।
वडा नं. ८ धुवाँकोटमा अस्थायी प्रहरी पोष्ट बिरुवाटारबाट गएको प्रहरीको टोलीले सार्वजनिक जग्गामा रहेको गाँजा फँडानी गरेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारले जानकारी दिएको छ ।
स्थानीय स्तरमा अबैध रुपमा रहेको गाँजा फँडानी कार्र्यमा वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल, अन्य जनप्रतिनिधीहरु, स्थानीय बुद्धिजीवीहरुको समेत सहभागिता रहेको थियो ।
प्रहरीको सक्रियतामा सो स्थानमा ठूलो परिमाणमा गाँजा नष्ट गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.