बाल विवाहमा सलग्न हुने बेहुला सहित पाँच जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–११ की १४ वर्षकी बालिकासँग विहे गर्दा गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा पर्नेमा गोरखाको लखनथापा गाउँपालिका–३ घर भएका २३ वर्षिय बेहुला, बेहुलाको बुबा, विहे कर्म गर्ने पण्डित एवं बेहुलीका बाबु र आमालाई बुधबार दिउँसो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो । बालिकालाई सिन्दुर हालेर बेहुलाको घर लैजानै लाग्दा नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता–२०७४ को विवाह सम्बन्धि कुुसुरको दफा १७३ बमोजिम मुद्धामा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त संहिता अनुसार २० वर्ष नपुगी विवाह गर्न गराउन हुँदैन । २० वर्ष अघि विवाह भए रोक्ने, बदर गर्ने कानुनी व्यवस्था छ । बाल विवाहमा सलग्नलाई ३ वर्ष जेल, ३० हजार सम्म जरिवानाको व्यवस्था भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नावय उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
बेहुला सहित पाँच जना तनहुँ प्रहरीकाे नियन्त्रणमा
Facebook Comments Box