दमौली , १९ असार ।
व्यास जयन्ती अर्थात गुरुपूर्णिमाका अवसरमा व्यास नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
३२ औं नगरपसभाको निर्णय अनुसार नगरपालिकाले व्यास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना गरी असार २१ गते व्यास जयन्ती पर्ने भएको हुँदा व्यास अवतरण दिवस मनाउनका लागि व्यास नगरपालिकाको कार्यालय र नगरपालिका अन्र्तगतका वडा कार्यालय ,सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय एवं अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने नगरपालिकाद्धारा जारी सूचना उल्लेख छ ।