बरादीमा करेन्ट लागेर एक बृद्ध महिलाको ज्यान गयो ।।

 

आँबुखैरेनी, १७ असार ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा करेन्ट लागेर एक बृद्ध महिलाको ज्यान गएको छ । आज साँझ ५ ः ४५ बजेको समयमा कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुल बहादुर पन्तका ७४ वर्षिय श्रीमती मोती माया पन्तको ज्यान गएको हो । करेन्ट लागेर घाईते भएकी पन्तको उपचारको लागि मुग्लिन हाईवे हस्पिटल लैजाने क्रममा बाटोमा नै ज्यान गएको सत्रसयबाट रबिन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.