रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित वर्ग उत्थान गाउँ समन्व्य समिती आँबुखैरेनीद्धारा सरकारसमक्ष ज्ञापनपत्र पेश ।।

गाेरखा संसार
आँबुखैरेनी, २४ जेष्ठ ।
पश्चिम रुकुममा भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै दलित वर्ग उत्थान गाउँ समन्व्य समिती आँबुखैरेनी तनहुँले नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । समितीका अध्यक्ष बिर बहादुर वि.क., उपाध्यक्ष मनिराम परियार, सचिव गोवर्धन वि.के. लगाएत समितीका अन्य पदाधिकारीहरुको उपस्थितीमा न्यायिक छानबिन, पीडितलाई न्याय र अपराधीलाई हदै सम्मको कारबाहीको माग सहित आँबुखैरेनी गाउँपालिका मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् । आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मी समक्ष ज्ञापनपत्र बुझाउदै उनीहरुले नेपाल सरकारलाई घटनामा मृत्यु भएकालाई सांस्कृतिक रूपान्तरण अभियानका सहिद घोषणा गर्नुपर्ने माग गरेका छन् । त्यस्तै, घटना मृत्यु भएका एवंम घाईतेका परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने, दलित समुदायलाई जातीय छुवाछुत तथा भेदभाव जस्ता हिंसा तत्काल बन्द गर्नुपर्ने, घाइतेको उपचार तथा घटनाका साक्षीहरू र न्याय प्राप्तिको अभियानमा लागेका स्थानीय अभियन्ता र मृतकका परिवारको आवश्यक सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । अकल्पनिय नरसंहार हुँदा समेत सरकारका जिम्मेवार पदाधिकारीहरूबाट दलित समुदायमाथि सरकारी बेवास्ता र अपमान भएको उनीहरुले बताएका छन् । रुकुम चौरजहारी नगरपालिका– ८, सोतीगाउँकी एक युवतीसँग प्रेमपश्चात भगाएर विवाह गर्न गत जेठ १० गते साँझ गएका जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विक सहित युवाहरूको समूहमाथि स्थानीयले आक्रमण गरेका थिए । सो आक्रमणपछि नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सञ्जु विक र गोविन्द शाहीको शव भेरी नदीमा भेटिएको थियो । घट्नामा अन्य १२ जना घाईते भएका थिए ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.