२१ जेठ, तनहुँ ।
तनहुँकाे बन्दिपुर गाउँपालिका जेठ २१ गते बुधबार बाट २७ गते मंगलवार एक हप्ता सम्म कडाइका साथ बन्द हुने भएकाे छ ।
गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या बढ्दै गएकाे तनहुँमा पनि सन्क्रमित भेटिएको र डुम्रे बजार तनहुँ,मनाङ्ग,लम्जुङ्ग र गोर्खाको केन्द्र रहेकोह हुँदा बजार क्षेत्रमा भिडभाड बढ्दै गएकाे र स्थानीयहरु उच्च जोखिममा परेको भन्दै जोखिम न्यूनीकरण र सतर्कताका लागि १ हप्ता पुर्ण रूपमा कडाइका साथ बन्द गर्ने निर्णय गरिएको छ।
सोमबार विभिन्न टाेल विकास संस्था, राजनितिक दलका प्रतिनिधि, उद्योगी ब्यवसायी,नागरिक समाज तथा स्थानीयहरुको एक भेला बसि अत्यवसेक सेवा बाहेक सम्पूर्ण सेवा र मानिस हिँडडुलमा कडाई गर्न गाउँपालिकासँग अनुराेध गर्ने निर्णय गरेकोमा सोही अनुसार गाउँपालिकाको सर्बपक्छिय भेला बसि उक्त निर्णय गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयाे ।
स्वास्थ्य सस्था,दुध ,स्थानीय तरकारी दुवानि र बिक्री तथा ठुला आयोजना तथा पालिका भित्रका गौरवका आयोजना र बिकास निर्माणका कामहरु संचालन हुने र तेसका लागी आवस्यक निर्माण सामाग्रीहरु बिक्रि वितरण गर्न पाइनेछ ।सर्बसाधारणको लागी सरकारी कार्यालय बाट दिइने सेवा पुर्न रूपमा बन्द हुने,बैंक तथा बित्तीय सस्था बन्द रहने छ,यातायात आवागमनमा पुर्ण रोक लगाइएको छ भने सामान लोड अनलोड तथा बाहिर हिड्डुल गर्न पनि पुर्ण रूपमा बन्द गरिएको छ।
यस अवाधिमा विदेशबाट र अन्य स्थानबाट काेहि परिचित तथा अपरिचित ब्यक्तिहरु अाफ्नाे टाेलमा अाए भने वडा अध्यक्ष वा सम्बन्धित निकायलाई जानकारी दिन समेत आग्रह गरिएकाे छ ।