अब बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्रै ढुवानी गर्न पाइने

गोरखा

जेठ ६ ,

मंगलबार देखी गोरखामा लकडाउनमा केही परिवर्तन गरिएसंगै अत्यावश्यक सामग्रीहरू बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्रै गर्न पाइने भएकाे छ ।

त्यस्तै रासायनिक मल, कृषि विउविजन, र कुखरा चल्ला दाना बाहेक अन्यका लागि भने अाफ्नै जिल्लाबाहिर जान र काराेबार गर्न नपाइने जस्ता निर्णयहरू भने अब्यवहारिक भएकाे जनगुनासाे अाउन थालेकाे छ । यस्ताे निर्णयबाट छिमेकी जिल्लासंग सिमाना जाेडिएका पालिकाहरूका बासिन्दाहरूलाइ हैरानी हुन देखिएकाेले समस्या हुने पालुङ्टार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ बताउनुहुन्छ ।

त्यस्तै गरी अत्यावश्यक खाद्यसामग्रीहरू रातकाे समयमा मात्र ल्याउन पाउने निर्णय पनि व्यवहारिक नभएकाे स्थानीयहरूकाे गुनासेा रहेकाे छ । तर प्रशासन कार्यालय गाेरखाले भने भीड कम गर्ने उदेश्यका साथ यस्त निर्णयहरू गरिएकाे बताइएकाे छ ।

खाद्यान्न, तरकारी, पशुपंक्षिका दाना औषधी, उपकरण तथा माछामासुका पसल बाहेक अन्य पसलहरु बन्द गर्ने यस भन्दा अगाडिको व्यवस्था यथावत कायम राखी कार्यान्वयन गर्ने निर्णय गरिएकाे जिल्ला प्रशासन कार्यालय गाेरखाका सूचना अधिकारी हर्क राेकाले जानकारी दिनुभयाे ।

कमाण्ड पोष्टकाे ५ गते बसेकाे बैठकले ६ गते देखी २० गते सम्म लागु हुने गरी केहि  निर्णय गरेको छ ।

के के छन त निर्णयहरु  ?

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.