पैदल हिंडनेलाई लकडाउन कडा, जीपमा गुन्द्री ओच्छ्याएर हिँडन स्थानीय सरकारले नै पास दिने

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख २५, गोरखा

लकडाउनको समयमा के कस्ता गतिबिधीहरु गर्न मिल्छ के गर्न मिल्दैन भनी सरकारले घोषणा गरेको छ । तर पछिल्लो समयमा आएर सरकारले गरेको लकडाउनको निर्णयविपरित स्थानीय सरकारहरुले नै काम गर्न थालेको पाइएको छ ।
यता पालुङ्टार नगरपालिकामा केही दिन अघि सामाजिक सुरक्षा भत्ता केही वडाहरुमा घर घरमा लगेर बितरण गरियो, केही वडाहरुमा बैंकसंग समन्वय गरी बैकमार्फत वा वडा कार्यालयबाटै पनि बितरण गरियो । तर पछि फेरी बैंकले आउन नमानेको भन्दै वडाहरुले सवारी पास बनाएर सामाजिक सुरक्षा भत्ता लिनको लागि गाउँ गाउँबाट बैंक पठायो । सामान्यतया रुपमा हेर्दा लकडाउनको समयमा राहत महसूस हुने गरी यस्तो काम गरिएको बताइएपनि भत्ता लिन जानेहरुको व्यथा दर्दनाक छ ।
भत्ता लिन जानको लागि वडा कार्यालयहरुले विभिन्न प्रकारका सवारी हरुलाई पास दिने क्रममा यात्रु सिट नभएका जीपमा पछाडि गुन्द्री ओच्छ्याएर बृद्द बृद्दाहरुलाई भिडभाड गरी प्रहरी प्रशासनको चेकजाँच हुँदै डुुम्रेस्थित बैंकसम्म पुगेर भत्ता ल्याएका छन् । एउटै जीपमा गुन्द्रीमा १५, १६जना बसेर जाँदा कस्तो होला अनि बैंकमा जाँदा बुढाबुढीलाई बोकेर लैजानुपर्दा कस्तो पिडा भएको होला सहजै अनुमान गर्न सकिन्छ ।
वडा नं. ६का विभिन्न स्थानहरुबाट मानिसहरुलाई सामाजिक दुरी कायम गर्नुपर्छ भन्दै सिकाइएको बेला यसरी आउनुपर्दा निकै पिडा भएको एक बृद्धले बताए । नजाउँ भने घरमा खर्च गर्ने पैसा छैन जाउँ भने घर आइपुग्दा जीउ आधानाश हुने उनको भनाई रहेको छ ।
किन यस्तो समस्या आयो त भनेर वडाध्यक्ष गोविन्द बराकोटीलाई सोद्धा बैंकले बदमासी गरिदियो १ दिन आएर केहीलाई बाँडियो दोश्रो दिनदेखि आएन अनि भत्ताको लिन जानको लागि गाडी खोजेर पठाउन परेको बताउनुहुन्छ । अन्य गाडीहरु नआएकोले गर्दा जीपलाई पठाइएको र जीपले प्रतिव्यक्ति २ सय रुपैयाँका दरले भाडा असुलेको बताइएको छ ।
सामाजिक दुुरी कायम गर्ने र लकडाउनको समयमा आवत जावतमा कडाइ गर्ने नाममा पैदल हिंडेर जाने व्यक्तिहरु भने प्रहरीले बजार सामान लिन जाँदा पनि गाली गर्ने गरेको र नाकाबाट हिँडडुल गर्न नदिएका कारण लुकिछिपी हिँडनुपरेको बताएका बेला सिट नै नभएको गाडीमा मानिस ओसार्दा के हेरेको छ त ?
सामान्य रुपमा १,२ जना हिँडेर जाँदा कोरोना सर्ला वा संंक्रमण होला भन्ने डरले हिँडडुल गर्न नदिइएको अवस्थामा यसरी मानिस ओसार पसार गर्दा कस्तो असर पर्ला त भनी स्थानीयहरु चिन्तित छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.