सालको रुखमुनि मृत अवस्थामा शव फेला

गाेरखा संसार
प्रतिक गुरूङ,
बैशाख २१, तनहुँ
तनहुँको भानु नगरपालिका स्थित एक सामुदायिक वनमा युवकको शव भेटिएको छ । आइतबार भानु-४ स्थित जामुनेस्वारा खलातेडाडा सामुदायिक वनमा स्थानिय ३५ वर्षीय रोशन रसाइलीको शव फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार बिहानै घरबाट निस्केका  रसाइली लौडारी गाउँ र बोहोरा गाउँ जाने दोबाटोको सालको रुखमुनि मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय नारेश्वटारले जनाएको छ ।
शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा ल्याइएको प्रहरीले दिएको छ ।
पोस्टमार्टम पछि नै के कारणले मृत्यु भएको थाहा हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.