राजेन्द्र न्यौपाने काठमाण्डौ २० चैत ।
प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका साँसद एवं नेपाल कम्युनिष्ट पार्टीका संगठन विभागका सदस्य हरीराज अधिकारीले कम्युनिष्ट सरकारलाई बद्नाम गराउनका लागि सिमा पारी जनता राखेर तमासा देखाइएको बताएका छन् ।
हिजो हामीलाई भोट हालेर घरबार चलाउन मजदुरी गर्न भारत गएका नागरिकहरु आफ्नो देश फर्कनका लागि मरे मर्छू भने ज्यान जोखिममा राखेर महाकाली नदि तरेर आउनुपर्ने र आफ्नो देश आइपुग्दा पनि प्रहरीले पक्रेर गलत काम गरेको उनले बताए । उनले आफ्नो फेसबुक एकाउन्ट मार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुलाई नेपाल ल्याएर १४ दिन २१ दिन कति दिन राख्नुपर्ने हो क्वारेन्टाइनमा राखेर घर पठाउन उनले आग्रह गरेका छन् ।
देश लकडाउनमा रहेको भन्दै भारतीय सिमानामा सूत्केरी, वृद्धवृद्धाहरु हजारौंको संख्यामा कष्टकर दैनिकी गुजारीरहेका छन् ।