गाेरखा संसार
लकडाउनको मौका छोपी जुवातास खेल्ने छ जना जुवाडे पक्राउ परेका छन् ।
पालुङ्टार नगरपालिका ३ लामागरा भन्ने ठाउँमा जसोदिन मियाँको धन्सारमा लुकिछिपी जुवातास खेलिरहेको अबस्थामा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
लकडाउनका बेला जमघट हुन नपाइने अबस्थामा सूचनाको अवज्ञा गरी जुवातास खेलेकाले नियन्त्रणमा लिइएको एसपी ओम अधिकारीले जानकारी दिए ।
उनीहरुको साथबाट ६४ हजार दुईसय ८० रुपैयाँ बरामद गरिएको एसपी अधिकारीले बताए ।