Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
मानसिक अवस्था सुस्त भएकी महिलालाइ बलत्कार गरेकाे आरोपमा ४५ वर्षीय राना पक्राउ

मानसिक अवस्था सुस्त भएकी महिलालाइ बलत्कार गरेकाे आरोपमा ४५ वर्षीय राना पक्राउ

गोरखामा बलत्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

सहिदलखन गाउँपालिका वडा नं १ सानो दिप्लिङका ४५ वर्षीय नारायणबहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सोही स्थानका २९ वर्षीय मानसिक अवस्था सुस्त भएका महिलालाई शनिबार बलत्कार गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए । जबरजस्ती करणी गरेको भनी जाहेरी दिएका आधारमा उनलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका रानाविरुद्ध आइतबार जबरजस्ती करणीको कसूर शीर्षकमा मुद्धा दर्ता भएको छ । रानालाई सोमबार गोरखा जिल्ला अदालत गोरखाबाट म्याद थपको अनुमति लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.