ज्यान मार्ने उद्योग गरी फरार गैडे पक्राउ ।

फागुन, ८ फागुन ।

राम धामी

प्रहरीले ज्यान मार्ने उद्योग गरी फरार प्रतिवादी पक्राउ गरेको छ । गत मंसिर १२ गते राती ९ बजेको समयमा आँबुखैरेनी-३, तल्लोबजार स्थित आँबुखैरेनी-गोरखा सडक-खण्डमा विष्णु प्रसाद जोशिलाई फलामको धारिलो हतियार प्रहार गरी घाईते बनाई ज्यान मार्ने उद्योग गरी वारदात पश्चात फरार रहेका गोरखा, पालुङ्टार-,५ ठाँटीपोखरी बस्ने बर्ष ३३ को गैडे भन्ने मधुराम भुजेललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । विभिन्न समयमा विभिन्न व्यवसायीलाई गुन्डागर्दी शैलिमा विभिन्न बहानामा दु:ख हैरानी दिने गरेका भुजेललाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य जारी रहेको प्रहरी निरीक्षक गायत्री राज शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.