सिल्ली खोला खानेपानीको अध्यक्षमा पुन: पाठक

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर 8 मा रहेको सिल्ली खोला बृहत्त खानेपानी योजनाको अध्यक्षमा भोज राज पाठक चयन हुनुभएको छ । साधारणसभामा पाठक र गणेशबहादुर थापा दुवैजना अध्यक्षकाे दाबेदार भएपश्चात सहमति नभई टुंगिएको थियो । माघ 7 गतेका दिन निर्वाचन गर्ने भने तयारी गरिएको भएतापनि माघ 6 गते दुबैजना अध्यक्षता प्रत्यासीहरु बीच आधा-आधा कार्यकाल पालैपालो अध्यक्ष बन्ने सहमति भयको थियो । सहमति अनुसार पहिलो डेढ वर्षको अवधि भोजराज पाठक लाई नै अध्यक्ष बनाउने निर्णय भएको निर्वाचन मण्डलका संयोजक शंकरराज कडेलले बताउनुभयो । त्यस्तैगरी समितिको उपाध्यक्षमा कमला काराखेती, सचिवमा इच्छा काजी श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तैगरी समितिको सदस्यहरुमा प्रेम नारायण श्रेष्ठ, शुसीला काराखेती, अन्जु पन्त, काशी राम कडेल, गुना गैरे, लक्ष्मी कडेल , हरिचन्द्र अधिकारी रहेका छन्।
उक्त खानेपानी योजना वडाकै सबैभन्दा ठुलो योजना हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.