तनहुँको बिकास र जनताको जिबनस्तर परिवर्तनका लागि अागामी चुनावमा उम्मेदवारी दिने पाैडेलकाे भनाई

नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेल जनभेटघाट तथा अन्तरक्रियामा ब्यस्त हुन थालेका छन् ।           भेटघाटका क्रममा नेता पौडेलले तनहुको गत निर्वाचनमा हारेपनि तनहुँको बिकास निर्माण र तनहुँको जनताको साथमा सगै रहेको बताए । उनले फेरि एकपटक चुनाब लडेर तनहुँको बिकास र जनताको जिबनस्तर परिवर्तनमा उल्लेख्य भुमिका खेल्ने पनि ब्यक्त गरे । उनले पछिल्लो एक डेढ बर्षको अन्तरालमा तनहुँमा धेरै आफुले बिकासका कामको थालनी गरेको बताए । उनले आफ्नै पहलमा कालोपत्रेका लागि ४६ करोडमा बुद्धसिङ राजमार्गको टेन्डर खोल्ने प्रक्रिया समेत सुरु भएको बताए । साथै उनले भानु नगरपालिका लगायत तनहुँका विभिन्न क्षेत्रका सडकका योजनाहरुलाई बजेट बिनियोजन गरेको र बहुबर्शिय ठेक्कामा काम सुरु हुन लागेको पनि जानकारी दिए । जसअनुसार
कालिका मार्ग रु ३ करोड ७५ लाख ।
दमौलि केशवटार सुखौरा ढाडखोला सडक रु ५ करोड ।
क्यामिन छापथोक राइपालि भन्ज्याङ मोटर मार्ग रु ४ करोड ९५ लाख ।
तालघरे दुम्शिचौर पोख्रेल फाट सडक रु २ करोड ५० लाख ।
बाराहि रानि मार्ग रु ५ करोड ।
कालिमाटि मानेचौका कुन्छा सडक रु ५ करोड । भगवती रङपथ सडक भानु रु १ करोड ५० लाख । . रातमाटा राइपालि भन्ज्याङ सडक रु २ करोड २५ लाख ।
सृङ सान्ति सडक रु २ करोड ।
काहु भिर्कोट रुपटार गड्गडि सडक रु ५ करोड लगायतका आयोजना रहेको पनि उल्लेख गरे । भेटघाटकै क्रममा नेता पौडेलले भानुको चुदिमा साहित्यक पर्यटकीय स्थलको निर्माणका लागि आफू लागिपरेको र उक्त कामको समेत थालनी भएको बताए । साहित्यक पर्यटकीय धाम निर्माण भए सगै एकपटक भानुमा सन्सारभरका नेपाली एकपटक घुम्न आउनैपर्ने बाताबरण बन्ने पनि बताए । भेटघाटका क्रममा स्थानीय जनताको सहभागीता र आगामी निर्वाचनमा उम्मेद्वार बने जसरी पनि जिताउने कुराले नेता पौडेल उत्साही देखिन्छन । भेटघाटमा नेपाली कांग्रेस गन्डकी प्रदेश सदस्य सरिता गुरुङ , जिल्ला सचिब सहदेब अधिकारी , क्षेत्रीय सभापति श्यामकुमार मौरती , युबा नेता दिपक भट्टराई , क्षेत्रीय प्रबक्ता हरिप्रसाद मिश्र , भानु नगर सभापती रामकुमार श्रेष्ठ लगायत सहभागी थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.