नवनिर्वाचित जनप्रतिनिधीहरूलाइ भवानी क्याम्पसमा भव्य स्वागत , फाेटाेसहित

जेठ ८, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकामा भर्खरै सम्पन्न स्थानीय तहकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरूलाइ भवानी बहुमुखी क्याम्पसमा भव्य स्वागत गरिएकाे छ ।

भवानी बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष प्रकाश खनालकाे अध्यक्षतामा एक कार्यक्रमकाे अायाेजना गरी नवनिर्वाचित नगरप्रमुख बिबस चिन्तन, उपप्रमुख बन्दना पाण्डे  सहित नगरपालिकाकाे १० वटै वडामा निर्वाचित वडाध्यक्षहरू तथा सदस्यहरूलाइ स्वागत गरिएकाे थियाे ।

क्याम्पस मा भएकाे साे कार्यक्रममा बाेल्दै नगरप्रमुख चिन्तनले क्याम्पसकाे उन्नयनका लागि बिस्तृत याेजना बनाएर अघि बढन निर्देशन समेत दिँदै अाफूले त्यसमा गम्भीर भएर हातेमालाे गर्ने बताउनुभयाे ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख बिष्णु अाचार्यले स्वागत गर्नुभएकाे साे कार्यक्रममा क्याम्पसकी छात्रा सरिता गिरी, क्याम्पस सञ्चालक समितिका धन बहादुर श्रेष्ठ, क्याम्पस प्रमुख चेतनाथ पन्त लगायतकाले बधाइ ज्ञापन गर्नुका साथै क्याम्पसका समस्याहरूकाे बारेमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रमकाे सञ्चालन पिताम्बर देवकाेटाले गर्नुभएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.