जेठ ८, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरूकाे सपथ ग्रहण कार्यक्रम अाज एक समाराेहका बीच सम्पन्न भएकाे छ ।
पालुङटार नगरपालिकाका नवनिर्वाचित मेयर बिबस चिन्तनले उपप्रमुख बन्दना पाण्डे लगायत १० वटै वडाका वडाध्यक्षहरू र पदाधिकारीहरूलाइ सपथ खुवाउनुभएकाे छ ।
नगरपालिकाका नगर प्रमुख चिन्तनकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख बन्दना पान्डे , प्रमुख प्रशासकीय अधिकृत बाबुराम कारखेती , निर्वाचन अधिकृत गोकर्ण राज पन्त , वडा अध्यक्षहरु, प्रहरी निरीक्षक , वडा सदस्यहरु, कर्मचारीहरु, पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । शिक्षा अधिकृत माधव पोखरेलले संचालन गर्नु भएको कार्यक्रममा नगर प्रमुखले टीका र माला लगाई नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत गर्नुभएकाे थियाे ।
साेही कार्यक्रममा नवनिर्वाचित वडा नं. १ का वडाध्यक्ष कृष्ण बहादुर परियार, वडा नं. ६ का वडाध्यक्ष चेत बहादुर गुरूङ, वडा नं.९ का वडाध्यक्ष भेजराज पाण्डे लगायतकाले मन्तव्य राखेका थिए ।