नेपाली कांग्रेस क्षेत्र न १ तनहुँले फागुन ३ गते बृहत अन्तर्कृया कार्यक्रम गर्ने

नेपाली कांग्रेस क्षेत्र न १ तनहुँले आगामी फागुन ३ गते बृहत अन्तर्कृया कार्यक्रम गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालय बि.पि स्मृति भवन दमौलीमा आज बसेको पदाधिकारीको दोश्रो बैठकले उक्त बृहत कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस तनहुँका निबर्तमान सभापति बैकुण्ठ न्यौपानेको बिशेष उपस्थितिमा बसेको बैठकले आगामी बैसाख ३० गते हुने स्थानिय निकायको निर्वाचनलाई मध्यनजर गर्दै स्थानिय निर्बाचन एब बिकासमा स्थानिय पार्टी समितिको भुमिकाका बिसयमा केन्द्रित रहने क्षेत्रीय सहसचिब शैलेस खाती क्षेत्रीले जानकारी दिनुभयो । अन्तर्कृया कार्यक्रममा कांग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेल सहित कांग्रेस केन्द्रीय सदस्यहरु , कांग्रेसका जिल्ला सभापती , पदाधिकारी , गन्डकी प्रदेश कार्यसमिती सदस्य ,महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि,क्षेत्र न १ बाट प्रतिनिधित्व गर्ने जिल्ला सदस्य , प्रदेश प्रतिनिधि , प्रदेश कार्यसमिती, क्षेत्र न १ अन्तर्गतका नगरपालिका र गाउँपालिकाका पदाधिकारी ,वडा सभापति, कांग्रेस बाट निर्बाचित वडा अध्यक्ष र वडा अध्यक्षका प्रत्यासि ,निबर्तमान सभापति , सभापतिका प्रत्यासी लगायतको सहभागिता रहने प्रबक्ता हरिप्रसाद शर्माले जानकारी दिनुभयो । अन्तर्कृया कार्यक्रम बि. पि स्मृति भवन दमौलीमा गर्ने निर्णय भएको प्रबक्ता शर्माले बताउनुभयो । बैठकमा नेपाली कांग्रेस महासमिति सदस्य आनन्दराज त्रिपाठिको पनि विशेष उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.