काे हुन त प्रेस सेन्टरकाे केन्द्रीय समितिमा परेका ३ गाेर्खाली

गोरखा, २० मंसिर । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिमा गोरखाका ३ जना पत्रकार निर्वाचित भएका छन् । चितवनमा हिजो सम्पन्न भएको सेन्टरको चौथो राष्ट्रीय अधिबेशनबाट गोरखा जिल्लाबाट ३ जना पत्रकार केन्द्रीय समितिमा सर्वसम्मत निर्वाचित भएका हुन् । अघिबेशनबाट गोरखाबाट पत्रकार दिपक श्रेष्ठ (जलन), राजेन्द्र न्यौपाने र संगिता चेपाङ सर्वसम्मत निर्वाचित भएका हुन् । नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठ यस अघि संगठनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने गण्डकी प्रदेश समितिको सह–संयोजक समेत हुनुहुन्थ्यो ।

त्यस्तै अर्का नवनिर्वाचित केन्द्रीय सदस्य न्यौपानले यस अघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यस्तै चेपाङ पिछडीएको समुदायबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल हुनुभएको हो । गोरखाबाट निर्वाचित भएका ३ जना मध्ये श्रेष्ठले संगठनको केन्द्रीय सचिव पदमा आफ्नो दावी प्रस्तुत गर्नुभएको छ । गण्डकी प्रदेशमा यही कात्तिक २७ गते भएको प्रदेश समितिको दोस्रो अधिबेशनमा अध्यक्ष मुख्य दावेदार समेत रहनु भएका श्रेष्ठले सहमतीका लागि भन्दै अध्यक्षबाट पछि हटेर केन्द्रमा जाने निर्णय गर्नुभएको थियो । सचिवमा उहाँको लगभग निश्चित जस्तै भएको जनाइएको छ ।

अधिबेशनबाट संगठनको केन्द्रीय अध्यक्षमा बिष्णु सापकोटा (जुगल) सहित १९१ सदस्सीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित भएका छन् । त्यस बाहेकका पदाधिकारीको निर्वाचन हुन भने बाँकी छ । प्रेस संगठनको बिधानले केन्द्रीयहरु निर्वाचित भएपछि निर्वाचित केन्द्रीय सदस्यहरुबाट नै अध्यक्ष सहितको पदाधिकारीहरु निर्वाचत गर्ने भएकाले पहिलो बैठकबाट बरिष्ठ उपाध्यक्ष सहित ३७ पदाधिकारी निर्वाचित गर्नेछ । सर्वसम्मत ढंगबाट पदाधिकारी चयन गर्ने प्रयास गरिने भएपनि सहमती नभए मतदानबाट पदाधिकारी चयन गरिने संगठनका इन्चार्ज महेश्वर दाहालले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.