युवा संगठन नेपालको अध्यक्षमा जंगली चयन

दाङ, घोराही ।

नेत्रबिक्रम चन्द बिप्लब निकट नेपाल कम्युनिस्ट पार्टी काे युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनबाट पाटन जंगलीकाे अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय कमिटी गठन भएकाे छ ।

दाङको तुल्सीपुरमा दुई दिनसम्म चलेको सम्मेलनले  जंगलीको अध्यक्षतामा  केन्द्रीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा दिनेश, महासचिवमा विदुषी , सचिबमा तिलक र कोषाध्यमा विश्लेषण लगायत निर्बाचित भएका छन् ।

युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलनको आयोजक समितिका संयोजक पाटनको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द `विप्लव´को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका नेता तथा संगठनका सबै जिल्लाहरुबाट प्रतिनिधि /प्रवेक्षकहरुको उपस्थित रहेको नेकपा दाङले जनाएको छ ।

संगठनको चौथो राष्ट्रिय सम्मेलनको उट्घाटन समारोह कार्तिक १३ गते शनिबार घोराहीमा रहेको सहिद मन्चमा सम्पन्न भएको थियो भने बन्द सत्र १४ र १५ गते तुलसीपुरमा भएको  पार्टी कार्यालयले जनाएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.