व्यास ५ मा कांग्रेसको भेला सम्पन्न

दमौली , १५ साउन । नेपाली कांग्रेस व्यास नगर समिति ५ नं वडा कार्य समितिको भेला शुक्रबार सम्पन्न भएको छ ।
भेलामा वडा भित्रका क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।भेलामा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रव वाग्ले प्रमुख अतिथी रहेका थिए । भेलालाई सम्बोधन गर्दै आमन्त्रित केन्द्रीय सदस्य वाग्लेले कांग्रेस पार्टीलाई नयाँ ढंगले हाँक्ने हिसाबको नेतृत्व आगामी महाधिवेशनले चयन गर्नुपर्नेमा जोड दिएका थिए ।साथै वाग्लेले पार्टी भित्र थुप्रै व्यक्तिलाई अवसर रहेको हुँदा मिलेर जानुपर्ने धारणा व्यक्त गरेका थिए । वडा सभापति यज्ञ खनालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस व्यास नगर समितिका सचिव मोहनकुमार श्रेष्ठ , नेपाल तरुण दलका अध्यक्ष विरबहादुर थापा ,तरुण दलका कार्यवाहक अध्यक्ष हिरा थापा ,नेपाली कांग्रेस व्यास नगर सभापतिका आकाक्षीहरु डम्बर अधिकारी ,सूर्यचन्द्र हड्खले , डा.शेषरमण न्यौपाने , इन्जिनियर हरिदत्त पौडेल , सचिवका उम्मेदवार खेमराज पोखरेल लगायतले बोलेका थिए ।

कांग्रेस भित्र युवा पुस्ताको खाँचो छ –अधिकारी
दमौली ,१५ साउन । नेपाली कांग्रेस व्यास नगर समितिका सह–सचिव एवं नेपाली कांग्रेस व्यास नगर सभापतिका आंकाक्षी डम्बर अधिकारीले कांग्रेस भित्र युवा पुस्ताको खाँचो भएको बताएका छन् ।
पार्टी भित्र युवा पुस्ताको खाँचो भएको हुँदा आगामी महाधिवेशनमा वडा देखि केन्द्र तहसम्म युवा पुस्तालाई नेतृत्वको अवसर प्रदान गर्नुपर्ने अधिकारीको भनाई छ । यद्यपी पार्टी भित्र अग्रजलाई सम्मान गर्नुपर्ने अधिकारीको भनाई छ । नगर सभापतिका आकांक्षी अधिकारीले सो कुरा नेपाली कांग्रेस ५ नम्बर वडा कार्य समितिद्धारा आयोजित भेलामा बोल्ने क्रममा बताएका हुन् ।

सो अवसरमा अधिकारीले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन सशक्त ढंगले लाग्नुपर्नेमा समेत जोड दिएका थिए । आफू नगर सभापति बनेको खण्डमा पार्टीमा योगदान पुरयाएका व्यक्तिहरुको तथ्याङक संकलन गर्ने देखि सम्मान गर्ने सम्म अधिकारीको भनाई थियो । त्यस्तै नगरका १४ वटै वडा समितिहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नेमा समेत अधिकारीले जोड थिए । विभिन्न बाह्य शक्तिको दबाबमा परेर मुलुकलाई धर्मनिरपेक्षता घोषणा गरिएको हुँदा पार्टीको १४ औं महाधिवेशनमा वडा तह देखि केन्द्र तहसम्म सनातन हिन्दु धर्मको एजेण्डालाई सशक्त ढंगले उठाउनुपर्नेमा जोड दिएका थिए ।सोही अवसरमा नगर सभापतिका आकाक्षी अधिकारीले वडा सभापति यज्ञ खनाल मार्फत वडा कार्य समितिलाई मास्क र सेनिटाइजर हस्तान्तरण गरेका थिए । यस अगाडि पनि अधिकारीले नगरपालिकाका विभिन्न वडामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.