Amosh Fyuba Lama
गोर्खा ,
पालुङ्टार नगरपालिका वडा ९ मा नेपाली काङ्ग्रेसको सङ्ख्या बढाउन धार्मिक स्थलको प्रयोग गरेका छन्। पालुङ्टार ९ को नेपाली काङ्ग्रेसको पाटि प्रवेश कार्यक्रम पालुङ्टार ९ मा रहेको विनय मण्डलि(चर्च) घडेरिखोलामा सनिवार एक कार्यक्रम गरि पाटि प्रबेश कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा पालुङ्टार ९ का वडा प्रमुख भेजराज पाण्डेको सभापतित्वमा अायोजना गरेका थियो।
सो कार्यक्रमको संचालक नेपालि काङ्ग्रेस वडा ९ कमिटिका सचिब राजेन्द्र बहादुर बस्नेतले गरेका थिए। तामाङ सामुदायको बहुलता भएको गाउँमा कार्यक्रममा केही तामाङ नेपाली काङ्ग्रेसमा प्रवेश गछन्।
परमेश्वरको अाराधाना हुने पवित्र स्थालको वेदिमै राजनीति चलखेल अब खुलेरै गर्न थालेपछि अाफुलाई मन नपरेको कुरा एक स्थानीय तामाङले बताएका छन् । स्थानीय तामाङ भन्छन् “राजनीति गर्नु राम्रो हो तर पाटि प्रवेश होस या जुनसुकै होस त्यसमा कुनैपनि धार्मिक स्थल प्रयोग गर्नु हुदैन जस्तो चर्च,गुम्बा,मन्दिर किनभने यी स्थल भगवानको अाराधना गर्ने स्थल हो। भन्ने हो भने यस वडामा करिबकरिब ९,१० चर्चहरु छन् तर अाजसम्म धार्मिक सम्पदाको संरक्षण र पुननिर्माणको शिर्षकमा अाएको बजेट हामी ईसाईहरुलाई छुटाएको थाहा छैन। सो पाटि प्रवेश कार्यक्रममा श्री धर्मोदय मा.विका दुई शिक्षक राम ब.परियार र ईश्वर ब.बानियाँ नेपाली काङ्ग्रेसको कार्यकर्तामा जस्तै केही समय देखि सक्रिया रुपमा हरेक देखिन्छ। नेपाल सरकारले शिक्षकहरुलाई राजनीति क्षेत्रमा प्रतिबन्ध लगाए पनि यस पालुङ्टार नगरपालिकाका केहि वडामा शिक्षकहरुले खुलेरै पाटिको झोलाे बनेको देखिन्छ जुन कानुनी विपरीत छ। सरकारी सेवामा लागेकाहरुले नेताको झोला बोक्नु र कार्यकर्ता बन्नु कानुनीको उलंघन हो। सम्बन्धित पक्षको ध्यान जाअोस। जय नेपाली