गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरु सहित तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन् । स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव डाक्टर दामोदर रेग्मी माउन्टेन एयरको हेलिकप्टरबाट उत्तरी गोरखा पुगेका हुन् ।
गोरखा सदरमुकामबाट माउन्टेन चाईल्ड नामक संस्थाले उत्तरी गोरखामा कोरोना बिरुद्धको खोप ढुवानी गर्ने र प्रदेशबाट थप स्वास्थ्य सामग्री सहित मूख्यमन्त्री, मन्त्रीहरु जाने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस सल्हाकार भरत कोईरालाले बताए ।
मौसम प्रतिकुल भएका कारण गोरखाबाट खोप लिएर जाने हेलिकप्टर भने गएको छैन । मुख्यमन्त्री सहित मन्त्रिहरु चुमनुब्री गाउँपालिका ७ छेकम्पार, वडा नम्बर २ ल्हो र वडा नम्बर ३ जगत पुगेका हुन् । मौसम प्रतिकुल हुँदा सामागाउँ पुग्न नसकिएको उर्जामन्त्री हरिशरण आचार्यले बताए । खोप ढुवानी गर्ने हेलिकप्टर ढिलो हुने भएपछि मन्त्रीहरु आफुले लगेको स्वास्थ्य सामग्री बितरण गरेर फर्किएका हुन् ।
‘यारुबगरको बाटो, सल्लेरीको पहिरो पनि हेरियो’ उर्जामन्त्री हरिशरण आचार्यले भने ‘हामीले पोखराबाट लगेको स्वास्थ्य सामग्री हस्तान्तरण गरेर फर्कियौँ ।’ स्थानीय पैदल हिड्ने बाटो नहुँदा समस्या भएको, खाद्यान्न अभाव हुन सक्ने र खानेपानीको समस्या रहेको गुनासो गरेका मन्त्री आचार्यले बताए । स्थानीय ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी सँग भेटघाट गरेर मुख्यमन्त्री सहितको टोली फर्किएको हो । स्थानीयले राखेको गुनासो तत्काल संवोधन गर्ने र बाटो बनाउन डोजर पठाउने आस्वासन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिएका छन्