Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
कम्युनिष्ट सरकारबाट जनमतको कदर भएन - गुरुङ

कम्युनिष्ट सरकारबाट जनमतको कदर भएन – गुरुङ

 

कांग्रेसका युवा नेता पूर्णबहादुर गुरुङले ओली सरकारले जनमतको कदर गर्न नसकेकोको बताएका छन् । देवघाटमा आयोजित विरोध सभामा बोल्दै गुरुङले भ्रष्ट्राचारमा लिप्ट भएर सुशासन भन्दा पनि कुसाशन भएको बताए ।

गुरुङले राष्ट्रपति नेकपाको कार्यकर्ता भएको आरोप लगाए । ‘ओलीले जे पठाउँछन् त्यसको सदर गर्ने काम मात्रै भयो, अभिभावकत्व ग्रहण गरी गैर संवैधानिक कामको पनि सदर भयो’ नेता गुरुङले भने । राष्ट्रपतिलाई देश र जनताको पक्षमा भूमिका खेल्न पनि उनले आग्रह गरेका थिए । कार्यक्रम देवघाटका सभापति प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा छाया सरकार प्रमुख कर्णबहादुर गुरुङ, तरुणदलका अध्यक्ष बलबहादुर क्षत्री, महिला संघकी नेता राधा खनाल, पूर्व जिल्ला सदस्य परमेश्वर भट्टराई, देवघाटका नेता खम्बासिंह राना लगायतले बोलेका थिए ।

त्यस्तै भिमादको किहुँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पार्टीका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगामी कदम भएको हुँदा विरोधमा उत्रिनु परेको बताएका थिए ।

किहुँमा आयोजित विरोध सभालाई पार्टीका सह—सचिव केशबहादुर सुनार ,महाधिवेशन प्रतिनिधी मिलन आले लगायतले बोलेका थिए । यसैगरी भानुमा आयोजित विरोध सभालाई सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कू गरेको हुँदा कांग्रेस आन्दोलनमा उत्रनुको विकल्प नभएको बताएका थिए । आन्दोलनबाट ओलीको असंवैधानिक कदम सच्चाएर छाडिने समेत सभापति न्यौपानेको भनाई थियो । त्यस्तै शुक्लागण्डकीमा आयोजित विरोध सभालाई कार्यवाहक सभापति जितप्रकाश आलेले सम्बोधन गरेका थिए । त्यसैगरी बन्दिपुर आयोजित विरोध सभालाई महासमिति सदस्य रामचन्द्र अधिकारी , आँबुखैरेनीमा आयोजित विरोध सभालाई जिल्ला सचिव लक्ष्मी आचार्य , म्याग्देमा आयोजित विरोध सभालाई संविधान सभा सदस्य रामचन्द्र पोखरेल , ऋषिङमा आयोजित सभालाई संविधान सभा सदस्य झुलबहादुर आले र प्रदेश सांसद डोवाटे वि.क. र घिरिङमा आयोजित विरोध सभालाई क्षेत्रीय सह—सभापति राजेन्द्रकृष्ण श्रेष्ठ बोलेको थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.