गाेरखा
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ निवासी सन्तलाल कुमाल बैदेशिक राेजगारकाे सिलसिलामा बर्षाैं बिदेश बसेर फर्कनुभयाे । घरमा अाएपछि गाउँमै केही गर्नुपर्छ भन्ने भावनाका साथ कृषि पेशामा तल्लीन हुन थाल्नुभयाे ।
यसरी तल्लीन भएर कृषि पेशामा अघि बढेसँगै उहाँले राम्राे अाम्दानी समेत गर्दै अाउनुभएकेा छ । अरूहरूले फर्म दर्ता गरेर अनुदान खाएका छन् , तर मैले फर्म दर्ता गरेकाे छैन अाफ्नै मेहनत र पसीनाबाट गरेकाे छु , उहँाले बताउनुभयाे ।
उहँाले अाफै लगानी गरेर कृषि कामकाे लागि ३ वटा इनार खन्नुभएकाे छ । हरेक बर्ष खेतबारीमा तरकारी खेती गर्दै अाउनुभएकेा छ । तरकारी बिक्री गरेर राम्रै कमाइ समेत हुने गरेकाे उहाँले बताउनुभयाे । बजारीकरण नहुँदा अलि समस्या छ, बजारीकरणकाे समस्या हल भएमा र सिंचाइ सुविधा भएमा अरू बढी गर्न सकिने समेत बताउनुभयाे ।
अहिले उहाँले काउली, बन्दा, टमाटर, खुर्सानी लगायतका तरकारीबाली उत्पादन गरिरहनुभएकाे छ । त्यसका साथै कुखुरा, बंगुर, परेवा, माछा समेत पाल्दै अाउनुभएकाे छ । त्यसका साथै लिची खेतिसमेत उहाँले गर्दै अाउनुभएकाे छ ।
काममा अाफूसँगै छाेरा तथा बुहारीहरूले समेत सघाउने गरेकेा उहँा बताउनुहुन्छ ।
उहाँकाे फर्ममा गएर हेर्ने जाे काेहीलाइ पनि लाग्छ गर्याे भने अाफ्नै ठाउँमा प्रसस्त अाम्दानी तथा राेजगारीका अवसर सिर्जना गर्न सकिन्छ ।
सिप र परिश्रम भयाे भने राेजगारीकाे लागि बिदेश जानुपर्दैन भन्ने उदाहरणसमेत बन्नुभएकाे छ कुमाल ।