जनताका समस्यामा साथ दिन गण्डकी प्रदेशका मन्त्री आचार्य पालुङटारमा

साउन १०, गोरखा ।

जनताहरुलाई समस्या परेका बखत जनताकै घरदैलोमा पुगेर उनीहरुका समस्या समाधान गर्नुपर्दछ भन्ने उदेश्यका साथ गण्डकी प्रदेशका उर्जा जलश्रोत तथा खानेपानी मन्त्री पालुङटारका बिभिन्न स्थानहरुमा पुगेर स्थलगत रुपमा जनताका समस्याहरुसँग साक्षात्कार गर्नुभएको छ । अहिलेको यो महामारीको समयमा बाढी र पैरोले झनैै पिडा थपेको र त्यसबाट आफू बढी मर्माहत भएको मन्त्री आचार्यले बताउनुभयो । उहाँले आजै पालुङटार नगरपालिका वडा नं. ७ को बल्थुम खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षतिको अवलोकन समेत गर्नुभयो । वडा नं. ६,७,,८ हुँदै नगरपालिका कार्यालय ठाँटीपोखरी सम्म पुग्ने बाटोमा रहेको बढहरे खोलामा बाढीले पुर्याएको क्षतिको समेत अबलोकन गरी तत्काल बाटो सञ्चालनमा ल्याउन सम्बन्धित सवैलाई निर्देशन समेत दिनुभएको थियो ।
बिगत लामो समयदेखि सो खोलामा निर्माणाधीन पुल हालसम्म पनि निर्माण कार्य नसकिएको र हालको बाढीले सो स्थानबाट आवतजावत समेत पूर्ण रुपमा बन्द भएका कारण तत्कालका लागि अस्थायी रुपमा बाटो सञ्चालन गर्न र छिटोभन्दा छिटो पुलको काम सकेर स्थायी रुपमा सञ्चालन गर्नुपर्नेमा मन्त्री आचार्यले जोड दिनुभयो । सो बाटो सञ्चालनको पहलका लागि आजै प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेल, एमाले नेता हरि काफ्ले, वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटी, पुल निर्माण कम्पनीका इन्जिनियर, सडक डिभिजन कार्र्यालयका प्रतिनिधी लगायतकाको उपस्थितिमा छलफल गरिएको थियो ।
मन्त्री आचार्यले यस लगायतका अन्य बिभिन्न स्थानहरुमा बाढीका कारण बाटोघाटो, पुल, खेत, खानेपानी लगायतमा भएका क्षतिहरुको समेत अनुगमन गरी आफूले सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको थियो । सोही अवसरमा उहाँले आफ्ना कार्यकर्ताहरुलाइ समेत भेट गरी अहिलेको परिवेशमा जनताका सेवककोे रुपमा सहयोग गर्न समेत निर्देशन दिनुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.