भिडियो कन्फरेन्सबाट अाँबुखैरेनी गाउँपालिकाको बैठक : राहत वितरण र र्‍यापिड टेष्टलाई व्यवस्थित बनाइने ।।

आँवुखैरेनी, बैंशाख ५ गते ।

भाइरस (कोभिड-१९) संक्रमण फैलन नदिन सावधानि अपनाउँदै तनहुँको आँवुखैरेनी गाउँपालिकाले गाउँकार्यपालिकाको नियमित बैठक विद्युतीय-भिडियो कन्फरेन्स मार्फ गरेको छ । कोभिड-१९ फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनले गर्दा गर्दा सामुहिक छलफलका सट्टा विद्युतीय प्रविधिद्वारा नियमित बैठक बसि कार्यापालिका सदस्यहरु बीच कोरोना सम्बन्धी समिक्षा, राहत वितरण, कोरोनाको र्‍यापिड टेष्ट लगायतका विषयमा छलफल तथा आवश्यक निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले बताएका छन् । बैठकले गाउँपालिकाबाट वितरण गरिएको राहत बापतको खाद्यन्न चामलका विषयमा सामाजिक सञ्जालमा गुणस्तरहिन वितरण गरेको भन्ने टिकाटिप्पणी भएको हुँदा उक्त चामलतत्कालै जफत गरी गुणस्तर ल्याव टेष्टका लागि हिंमान्सु ट्रेडर्सबाट नमुना संकलन गरी खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा, रुपन्देहीमा पर्ठाईएकोमा उक्त कार्यालयको च.नं. ७०७, वैशाख ४ गतेको पत्र नेपाल सरकारले चामलका लागि तोकेका गुणस्तर अनुसार रहेको भनि लेखि आएको हुँदा सम्पूर्ण राहत प्राप्त गर्नुहुने लाभग्राही पारिवारलाई निर्धक्कका साथ उपभोग गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ । यस्तै, गाउँपालिका अर्न्तगत राहतप्राप्त गरेका नागरिकहरुको विल भरपाई समेत संलग्न गरी भुक्तानीका लागि वडा अध्यक्षहरुले सिफारिस गर्ने र सो विल भरपाई अनुसारको रकम गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोषबाट भुक्तानी उपलब्ध गराउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जानकारी गराए । गाउँपालिकामा चैत्र १ गतेदेखि हालसम्म विदेशबाट आएका व्यक्तिहरुलाई कोरोनाको र्‍यापिड टेष्टका माध्यमबाट परीक्षण गराउन प्रभाविकारी रुपमा अगाडि बढ्ने निर्णय गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको निर्देशन बमोजिम यस गाउँपालिकामा विदेशबाट आएका १७ जना नागरिक मध्ये १६ जनालाई आरडिटि परिक्षण गरिएको र १ जनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पि.सि.आर. परिक्षणका लागि पठाउँदा सबै १७ जनाकै रिर्पोट नेगेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । गाउँपालिकामा भारत लगायत अन्य मुलुकबाट भित्रिएका नागरिक भएर उनिहरुको समेत तथ्याङ्क संकलन गरी कोरोनाको द्रुत परीक्षण गर्ने तयारी भएको अध्यक्ष थापाले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.