शैक्षिक श्राेत तथा बिकास केन्द्रद्वारा गाेरखाका ५ वटा सामुदायिक सिकाइ केन्द्रलाइ लाइ सहयाेगकाे लागि सम्झाैता

गाेरखा, फागुन २५

गाेरखा जिल्लामा कार्यरत ५ वटा सिएलसीहहरूका लागि शैक्षिक श्राेत तथा बिकास केन्द्रले अार्थिक सहायताका लागि अाज सम्झाैता गरेकाे छ ।

 साझेदार संस्थाहरूसंगकाे सहकार्यमा ५ वटा सिएलसीहरू छनाैट गरी अार्थिक सहायता गर्न लागिएकाे केन्द्रका भीम पाेखरेलले जानकारी दिनुभयाे । पाेखरेलका अनुसार अाज गाेरखा सामुदायिक सिकाइ केन्द्र, च्याङली सामुदायिक सिकाइ केन्द्र, धुवाँकाेट सामुदायिक सिकाइ केन्द्र, मिरकाेट सामुदायिक सिकाइ केन्द्र र घ्यालचाेक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष र परिचालिकाहरूकाे उपस्थितिमा सम्झाैता गरिएकाे छ ।

सम्झाैताअनुसार ५ वटै सिएसलसीहरूले अाफ्नाे मातहतका समूहहरूसँग छलफल गरी रू.१ लाख ७० हजार रूपैयाँ अायअार्जनका लागि लगानी गरी ६ महिनाभित्र असूल गरेकाे प्रतिवेदन पेश गरेपछि साझेदार संस्थाहरूसँगकाे सहकार्यमा रू.१ लाख ७० हजार रूपैयाँ  सामुदायिक सिकाइ केन्द्रहरूलाइ दिने बताइएकाे छ । यसरी नै ३ किस्ता रकम उपलब्ध गराइने र ३ किस्तामध्ये पहिलाे र दाेश्राे किस्ताकाे रकमकाे अाधा रकम शैक्षिक श्राेत तथा बिकास केन्द्रलाइ फिर्ता गर्ने सम्झाैतामा उल्लेख छ । फिर्ता गरिएकाे रकम भने केन्द्रले अन्य सिकाइ केन्द्रहरूमा लगानी गर्दै जाने पाेखरेलले बताउनुभयाे ।

सामुदायिक सिकाइ केन्द्रहरूले स्थानीय स्तरमा रहेर साक्षरता कक्षा, साक्षराेत्तर कक्षा, बित्तीय साक्षरता तथा सिपमूलक र अायअार्जनका कामहरूमा सहयाेग, परामर्श एवं शिक्षा प्रदान गर्दै अाइरहेका छन् ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.