कालिकाकाे २६ अाैं साधारणसभा सम्पन्न ः अध्यक्षमा कुमाल

गाेरखा, माघ १८ ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित वडा नं. ७ मा रहेकाे कालिका सामुदायिक बन उपभाेक्ता समितिकाे २६ अाैं बार्षिक साधारण सभाले रण बहादुर कुमालकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

अाज नवगठित समितिकाे उपाध्यक्षमा राजु कुमाल, सचिवमा सविता पाेख्रेल, काेषाध्यक्षमा चिजा पाण्डे र सहसचिवमा फूलमाया अधिकारी रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा अानन्दराज सिलवाल, सुनिता श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, बुद्दी बहादुर बि.क, फूलमाया श्रेष्ठ, सविना कुमाल, रत्नकुमार श्रेष्ठ र चिजकुमार कुमाल रहेका छन् ।

समितिका निवर्तमान अध्यक्ष गणेशलाल श्रेष्ठकाे अध्यक्षतामा सभा सम्पन्न भएकाे थियाे । सभामा पालुङटार नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले प्रमुख अतिथिकाे रूपमा बाेल्दै बन जाेगाउन सबैले अाफ्नाे ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा गाेरखा संसार मिडिया प्रा.लि. का सञ्चालक रविन्द्र कंडेल बिशेष अतिथिकाे रूपमा रहनुभएकाे थियाे । साधारण सभामा समितिका उपाध्यक्ष रण बहादुर कुमालले स्वागत मन्तव्य राखेका थिए ।  त्यस्तै गरी राजु कुमाल, भाेज बहादुर गुरूङ,चिजकुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । साे अवसरमा काेषाध्यक्ष चिजा पाण्डेले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे भने अध्यक्ष गणेशलाल श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.