Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
शाैचालयमा झुण्डिएर एक कैदी बन्दीकाे मृत्यु

शाैचालयमा झुण्डिएर एक कैदी बन्दीकाे मृत्यु

१ मंसिर, रौतहट ।

जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा भेटिएका छन् । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका कारागाराका निमित्त प्रमुख शम्भुप्रसाद यादवले बताए ।

२०७६ वैशाख ४ मा कारागार चलान भएका साहलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख यादवले बताए ।

‘कारागारभित्रकै शौचालयमा उनी झुण्डिएको अवस्थामा अरु कैदीले देखेका रहेछन्, उनले भने, ‘शौचालय भित्र तौलियाले पासो लगाएको अवस्थामा फेला परेका साहलाई हामीले तत्कालै अस्पताल पुर्‍याएका थियौं ।’

तर जिल्ला अस्पताल गौरमा ल्याउँदा मृत्यु भइसकेको अस्पताले जनाएको छ । कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.