भानु ८, तनहुँ ।
जिल्लाको भानु नगरपालिका वडा ८ लौटनडिहिको रोडमा लत्रिएको तारमा करेन्ट लागेर १० वर्षिय बालिका शक्त घाईते भएकी छिन ।
अाज मंगलबार दिउँसो करिब ३ बजे घर नजिकै पसलमा खाजा लिनजाने क्रममा रोडमा लत्रिएको नाङ्गो तारमा अल्झिएर करेन्ट लागेपछि निजलाई स्थानिय र अाफन्तले नजिकैको स्वास्थ्य केन्द्र (तुरतुरेमा) लगिएको थियो ।
बेहोस बालिकाको होस अाएतापनि स्वास्थ्य केन्द्र तुरतुरेले थप उपचारका लागि भरतपुर रिफर गरिदिएको स्थानिय नवराज जोशिले जानकारि दिनुभयो ।
Facebook Comments Box