तनहुँकाे डुम्रेमा नागरिक आराेग्य सेवा केन्द्रकाे स्थापना

तनहुँकाे डुम्रेमा नागरिक आराेग्य सेवा केन्द्रकाे स्थापना
तनहुँकाे डुम्रेमा नागरिक आराेग्य सेवा केन्द्रकाे विहिबार स्थापना गरिएकाे छ । गण्डकी प्रदेश सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय , स्वास्थ निर्देशनालय र जिल्ला आयुर्वेद स्वास्थ केन्द्र तनहुँ अन्तरगत तनहुँकाे डुम्रे बजार स्थित प्रहरी कार्यालय नजिकै गाउँपालिकाकाे पहलमा नागरिक आराेग्य सेवा केन्द्रकाे स्थापना गरिएकाे हाे ।
सेवा केन्द्रकाे उद्घाटन कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले आराेग्य सेवाकेन्द्रकाे भूमिका महत्त्वपूर्ण रहने भन्दै यसका लागि प्रचार-प्रसार हुन जरुरी रहेकाे बताउँदै आम नागरिकलाई आराेग्य सेवा केन्द्रबाट सेवा लिन आग्रह गर्नु भएकाे छ । कार्यक्रममा विशिष्ट अतिथि गाउँ पालिकाकी उपाध्यक्ष करुणा गुरुङले आराेग्य सेवा केन्द्रले दिने निशुल्क सेवा बारे जनतालाई सुसूचित गराउन आवश्यक रहेकाे धारणा राख्नु भएकाे छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डक्टर राम प्रबाेध मण्डलकाे सभापतित्वमा संचालन गरिएकाे साे कार्यक्रममा गापाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी , वडा नं १ का वडाअध्यक्ष भानुभक्त पाेख्रेल, माओबादी केन्द्रका नेता जीवन कायस्थ , हरिहर आमा समूहकी अध्यक्ष सरिता पिया लगाएतले आराेग्य सेवा केन्द्र डुम्रेमा स्थापना हुनु अत्यन्तै खुशीकाे कुराे भएकाेले डुम्रे आसपासका जनताका साथै गाेर्खा र लमजुङका जनतालाई सेवा लिन सहज हुने भन्दै नागरिक आराेग्य सेवाकेन्द्र बारे चर्चा गर्नु भएकाे थियाे ।
कार्यक्रममा ईप्रका भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषाल,बन्दिपुर गापा आयुर्वेद शाखा प्रमुख मनाेज महताे, निर्मला भण्डारी , डुम्रे-खहरे टाेल बिकास संस्थाका अध्यक्ष राजु खड्गी, नेवा: पुच डुम्रेका अध्यक्ष राजेश पिया, शिवालय आमा समुहकि प्रतिनिधि, संगमाे आयुर्वेदका संचालक सुवास थापा, डुम्रे आयुर्वेदका ईश्वर नेपाल लगाएतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे सहजिकरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका बरिस्ठ कविराज निरीक्षक बलभद्र वाग्लेले गर्नु भएकाे थियाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.