गण्डकी प्रदेश सरकारले डाक्टर सहितको एक टोली बारपाक पठाउने भएको छ । बारपाकमा कोरोना संक्रमण दर बढेको र अधिकासं बिरामी परेको भन्ने जानकारीपछि स्वास्थ्यकर्मीको टोली पठाइएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
‘बारपाकको अवस्था बारे मैले पनि स्थानीय सँग जानकारी लिईरहेको छु’ उनले भने ‘अवस्था जटिल छ भन्ने जानकारी आयो, हामी जनताको स्वास्थ्य प्रति संवेदनशिल छौँ ।’
केही स्वास्थ्य सामग्री र ऐन्टिजेन किट सहित स्वास्थ्यकर्मीको टोली पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको भौतिक पूर्वाधार बिकास मन्त्री बस्नेतले जानकारी दिए ।
बारपाकको घटनाबारे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि चासो ब्यक्त गरेर तत्काल उपचारमा सबै संयन्त्र प्रयोग गर्न स्वास्थ्य मन्त्रालय, जिल्ला स्थित प्रशासन कार्यालय, स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका मूख्यमन्त्रीका प्रेस सल्हाकार बिक्रम न्यौपानेले बताए ।प्रदेशको टोली गोरखा सदरमुकाम आउने र सदरमुकामबाट पनि एक टोली बारपाक तर्फ जाने तयारी गरिरहेको छ । दराैंदीबाट