गोरखाकी पुर्णिमाद्वारा अन्नपुर्ण हिमालको सफल आरोहण

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको दशौँ अग्लो अन्नपूर्ण १ हिमालको सफल आरोहण गरेकी छन् । शुक्रबार १२ बजे श्रेष्ठले ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको सफल आरोहण गरेकी सेभेन सम्मिट ट्रेक्स प्रालिका थानेश्वर गुरागाईँले जानकारी दिए ।

उनीसँगै शुक्रबार १२ बजेदेखि तीनबजेको समयअवधिमा अन्य चार जना महिलाले पनि अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । अन्य चार महिलाले इम्याजिन नेपाल र सातोरी एड्भेञ्चर नेपाल कम्पनीबाट सो हिमालको सफल आरोहण गरेका हुन् ।

शुक्रबार एकै समयमा तीन वटा कम्पनीका ६९ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका गुरागाईँले जानकारी दिए ।

अन्नपूर्ण हिमाल आरोहण गर्ने श्रेष्ठ प्रथम नेपाली महिला हुन् । किलर माउण्टेन भनेर चिनिने सो हिमालको यसअघि नेपाली महिलाहरुले आरोहण गरेका थिएनन् । उनीसहित अन्य चार महिलाले पनि शुक्रबार संगसँगै सो हिमाल आरोहण गरेका छन् ।

आरुघाट गाउँपालिका ९ की श्रेष्ठले यसअघि ८,८४८.८६ मिटर अग्लो सगरमाथा, ८,१६३ मिटर अग्लो मनास्लु र ६,८१२ मिटर अग्लो अमादव्लम हिमालको आरोहण गरिसकेकी छिन्

नेपाली महिलाको तर्फबाट पहिलो पटक अन्नपूर्ण आरोहण गर्न लागेकीले गण्डकी प्रदेश सरकारले उनको यात्राको व्यवस्थापन खर्च वापत आठलाख रुपैयाँ सहयोग प्रदान गरेको थियो । daraudi.com

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.