गोरखा २८, चैत ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटीको कोषाध्यक्ष र समावेशी सचिवमा उमेद्वार बनेका गोरखाका दुई पत्रकार बिजयी भएका छन् । बिहिबार सम्पन्न निर्वाचनमा पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) समावेशी सचिव र पत्रकार राजेन्द्र न्यौपाने कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
५२४ मत प्राप्त गरि बिजयी हुनुभएका श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्दी रुद्रश्रीस मगरलाई ११४ मतको अन्तरले पराजित गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्षमा बिजयी न्यौपानेले आफ्ना दुई प्रतिस्पर्धी शालिकराम कोइराला र सागरराज तिमिल्सिेनालाई पराजित गर्नुभएको थियो । ४५३ मत ल्याएर बिजयी हुनुभएका न्यौपानेका निकटतम प्रतिद्धन्दी कोइरालाले २७७ मत प्राप्त गर्नुभएको थियो भने अर्का उमेद्धवार् तिमिल्सिेनालले २०४ मत प्राप्त गर्नुभएको थियो ।
यता गोरखाबाट नै गण्डकी प्रदेश क्षेत्रबाट केन्द्रीय सदस्यका उमेद्वार बन्नुभएका गोरखाका पत्रकार भीमलाल श्रेष्ठ भने पराजित हुनुभएको छ । उहाँले कुल ३०५ मत प्राप्त गर्नुभएको छ । गण्डकी प्रदेशबाट त्रिभुवन पौडेल र प्रदीप काफ्ले महासंघको केन्द्रीय सदस्यमा बिजयी भएका छन् ।