भरत पाण्डे
मिति २०७७/१२/२५ गते बुधवारका दिन पालुङटार नगरपालिका वडा न. ७ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा पा.न.पा.का नगर प्रमुख ई. दिपक बाबु कंडेल ज्यु ले जग पुजा गरि भवनको शिलान्यास गर्नुभयो । कार्यक्रममा पा.न.पा. वडा नं ७ का वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठ ज्यु, वडा सदस्य ज्यु हरु र प्राबिधिकहरुको उपस्थिति रहेको थियो । वडा कार्यलय भवनको निर्माणकार्यको जिम्मा आमा ईन्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले पाएको छ भने यस भवनको कुल लागत ५४,५९,६१७.६४ (भ्याट बाहेक) रहेको छ । यो भवन २०७८ असोज १ गते पूरा गर्ने सम्झौता रहेको छ ।कार्यक्रम वडा सचिव सुमन पाैडेल ले संचालन गर्नु भएकाे थियाे ।
पालुङटार ७ काे वडा कार्यालय भवन शिलान्यास, २०७८ असाेजसम्म पूरा हुने
Facebook Comments Box