मुगुमा जीप दुर्घटना हुंदा १ जनाकाे घटनास्थलमै मृत्युु

मुगु । सोरु गाँउपालिकाबाट सदरमुकाम गमगढी आउदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । सोरु गाँउपालिका— ८ तारापानीबाट सदरमुकाम गमगढी आउदै गरेको ग ३ च ११८८ नम्बरको यात्रुबाहक जीप शनीबार दिउस १ बजे सोरु गाँउपालिका— ८ कोट भन्ने स्थानमा दुर्घटना हुदा जीपमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भने जीपमा सवार पाँच जना घाईते भएका हुन ।

जीपमा छ जना यात्रुहरु बोकेर सदरमुकाम गमगढी आउदै गरेको हो । र्दुघटना स्थलबाट जीप ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको हो । मृत्यु हुनेमा जीपमा सवार सोरु गाँउपालिका—७ निबासी बर्ष ३० कि गिरीकला बुढाको घटना स्थलमै मृत्यु भएको छ, भने अन्य पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिमदत्त जोशीले जानकारी दिए ।

घाईते हुनेहरुमा सोरु गाँउपालिका—७ निबासी बर्ष २१ का जीप चालक गोबिन्द्र बिष्ट सोही वडाका २५ बर्षिय ललिजङ्ग बुढा, बर्ष २८ का ज्ञानबहादुर बुढा, रत्न बिक र छाँयानाथ रारा नगरपालिका —१का ४८ बर्षिय कुलबहादुर मल्ल रहेका छन । घाईतेहरु सबैको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ घाईतेहरुकोे रिर्पोट आईनसकेकाले अबस्था के कस्तो छ भन्न नसकिएको जिल्ल अस्पतालका डाक्टर निर्मल नगरकोटीले बताएका छन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.