Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
दोस्रो मैलुङकप फुटबलको उपाधी सिर्जनशील युवा क्लबलाई

दोस्रो मैलुङकप फुटबलको उपाधी सिर्जनशील युवा क्लबलाई


बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ मैलुङमा सम्पन्न दोस्रो मैलूङ कप-२०७७ को उपाधि शिर्जनशील यूवा क्लव मैलूङले जितेको छ । बिजोता टोलीले लामागाउॅ क्लवलाई आज भएको फाईनलमा ० बिरुद्ध ५ गोलले बिजयी हासिल गरेको हो । उपाधी बिजेता टोलीले नगद रू ३०,०००/-,कप, मेडल तथा प्रमाण पत्र प्राप्त गर्यो भने उपबिजेता टोली लामा गाउॅ क्लवले नगद रू २०,०००/- मेडल तथा प्रमाण पत्र प्राप्त गरेको थियो ।
पौष १५ गते बाट सुरु भएको प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । यस प्रतियोगितामा बारपाक सुलिकोट गाउॅपालिका, गोरखा-ताकुकोट सेवा समाज, काठमाडौ, ए.बि.आर.सी कृषि फर्म मैलूङ , भन्ज्याङ निबासी सुजन श्रेष्ठले आर्थिक सहयोग गरेको जानकारी क्लवको अध्यक्ष कुमार बरामले समापन कार्यक्रममा दिनुभएको थियो । साथै पुरस्कार बितरण कार्यक्रमको अबसरमा बारपाक सुलिकोट , ६ नं वडाका वडा अध्यक्ष बाबुलाल गुरूङले क्लवलाई नगद रू ५०००/- सहयोग गर्नु भएको जानकारी क्लव व्यपस्थापक तथा सल्लाहकार धन बहादुर बरामले दिनुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.