कान्तिपुरकर्मी श्रेष्ठलाई तुलसी स्मृति पत्रकारिता पुरस्कार

गोरखा । कान्तिपुरकर्मी  भीमलाल श्रेष्ठ तुलस  स्मृृृृति पत्रकारिता पुरस्कार बाट सम्मानित  हुुनुुुभएकाेे छ ।  

पत्रकार महासंघ गोरखा शाखाले शनिबार पालुङटार नगरपालिका २ को लिगलिगकोटमा आयोजना गरेको दशौँ साधारण सभाको अवसरमा पत्रकार श्रेष्ठलाई साे पुरस्कारबाट पुरस्कृत गरिएकाे हाे ।

उहांलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले नगद १० हजार रुपैयाँसहित दोसल्ला र कदर पत्रले सम्मान गर्नुुुुुुुभएकाे थियाे ।

दुई दशकदेखि गोरखामा रहेर पत्रकारिताको माध्यमबाट समाज बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै गोरखा शाखाले पत्रकार श्रेष्ठलाई सम्मान गरेको जनाएको छ । पत्रकार महासंघ गोरखाका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुनुुुुुुहुन्छ ।

गोरखा सदरमुकामका तुलसी अर्यालको स्मृतिमा पत्रकार महासंघ गोरखा शाखामा २०७० सालमा स्थापना भएको तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट श्रेष्ठसहित हालसम्म छ जना पत्रकार पुरस्कृत भइसकेकाे अध्यक्ष किशोरजंग थापाले बताउनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.