गजुरीकाे एक घरमा अागलागी

गजुरी, २० जेठ
धादिङको गजुरी गाउपालिका वडा नम्वर ३ ग्याङराङ्का बिर बहादुर दोङ्को घरमा आगलागी भएको छ । आगलागीका कारण घरमा भएको धान, मकै, लत्ता कपडा भाडा कुडा पुर्ण रुपमा क्षती भएको छ । आगलागिका कारण मानबिय क्षती भने भएको छैन । घरको अभिभाबक बारीमा काम गर्न गएको बेलामा बालबालिकाले लाइटर खेलाउदा आगलागी भएको ग्याङराङका धन बहादुर भुजेलले जानकारी दिनुभयो ।

आगालागीका कारण खरको छानो भएको घर, जस्ताको छानो भएको गोठ, १० मुरी धान, १० मुरी मकै, १४ मुरी कोदो, १५ हजार रुपैया नगद, ५० हजार बराबरको गर गहना लत्ता कपडा र एक वटा भैसी सहित अनुमानित १० लाख भन्दा माथी क्षेती भएको पनि उहाले बताउनुभयो । घरमा आगलागी भएपछी बिर बहादुर दोङको तिन बालबालिका सहित ५ जनाको परिवार छिमेकीको घरमा बस्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.