काठमाण्डौं, २० जेठ
अमेरिकामा एक जना अश्वेत नागरिकको मृत्युपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ । अफ्रिकी मूलका एक जना अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि सुरु भएको प्रदर्शनका कारण अमेरिकाको विभिन्न शहरमा प्रदर्शन हुन थालेको छ । स्थिति नियन्त्रण बाहिर जाँदा अमेरिकी सरकारले विभिन्न सहरमा कफर््यू समेत जारी गरेको छ ।
प्रहरीले अश्वेत नागरिक जर्जको हत्या गरेको आरोप लगाउँदै अमेरिकाको मुख्य सहरहरुमा प्रदर्शन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी र सेना परिचालन गर्ने बताउनुभएको छ ।
अफ्रिकाबाट अमेरिका आएका जर्जको मिनियापोलिस सहरमा त्यहाँका प्रहरीले गत मे २५ मा घुडाले गर्दन थिच्दा मृत्यु भएको जर्जका पारिवारिक स्रोतले बताएको छ । अमेरिकामा पटक पटक स्वेत र अस्वेत नागरिकबीचको विभेदका कारण विरोध हुँदै आएको छ ।