जनप्रतिनिधिको एक महिनाको भत्ता राहत कोषमा जम्मा गर्ने निर्णय

गाेरखा संसार

बैशाख ६, बन्दीपुर

बन्दिपुर गाउपलिकाको कार्यपालिका बैठकले सम्पुर्ण बोर्ड सदस्य , वडा अध्यक्ष तथा सदस्यहरुको एक महिना बराबरको भत्ता नोबेल कोरोना भाइरस (कोबिड 19) विरुद्धको बन्दिपुर गाउँपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

शनिबार (आज) बैठक बसि उक्त राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो।बिश्वब्यापी रूपमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोबिड 19) विरुद्ध सचेतना,सतर्कता,स्वास्थ सामाग्री, राहत वितरण र आपतकालीन अवस्थामा खर्च गर्नको लागि भन्दै उक्त कोषमा रकम सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

बन्दिपुर गाउँपालिकाले यस अघि नै कोबिड 19 विरुद्धको आपतकालीन राहत कोषमा प्रदेशको ५ लाख सहित ३२ लाख रकम छुट्टाईसकेको छ।यसरी नै बन्दिपुरका पर्यटन ब्यवसायी सन्त कुमार श्रेष्ठले राहत कोषमा ५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हाल स्थानीय जनप्रतिनिधिहरुले एक महिनाको बराबरको भत्ता रकम सहयोग गर्दा करिब ४ लाख जति हुने बताइएको छ।

यसैगरी बैठकले आगामी आर्थिक बर्ष २०७७/०७८ को निति तथा योजना समेत सर्बसम्मत पारित गरेको अध्यक्ष थापाले बताउनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.