गोरखाको चुमनुब्रीमा आगलागिबाट ११ पशुको क्षति

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थित ताजु भन्ने ठाउँमा एक व्यक्तिको घरमा आगलागि हुँदा ११ पशुसहित घर नष्ट भएको छ।

गत माघ १० गते बेलुकी करिब साढे ४ बजे बजेको समयमा स्थानीय कुञ्जन छिरिङको घरमा आगलागि भएपछि जलेर घर र गोठमा रहेका ११ गाई र गोरु हरु जलेर नष्ट भएको जनाइएको छ l

छिरिङको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएको घटनामा प्रहरी चौकी चुन्चेत गोरखाबाट प्रहरी टोली खटिई गएको, खाना पकाउने चुलोमा बली रहेको आगो धुँवा घर बाहिर फाल्न प्रयोग भएको फलामको पाईपबाट अचानक काठको बलोमा आगो सल्कन गई आगलागी भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको, उक्त आगलागीबाट निज कुञ्जन छिरिङको २ वटा कच्ची घर र भुकम्प पश्चात निर्माण भएको १ वटा घर र घर भित्र रहेको लत्ता-कपडा, अन्नपात, भाँडा जली पूर्णरुपमा नष्ट भएको, घरको भुई तल्लामा रहेको १६ वटा गाईहरु मध्ये ५ वटा सकुशल उद्धार गरिएको, गाई-८ र गोरू-३ गरी जम्मा ११ वटा जली मृत्यु भएको, मानविय क्षति नभएको, प्रहरी तथा स्थानियहरुको सहयोगमा आगो निभाउने कार्य भई रहेको, घटना थप अनुसन्धान भई रहेको ।

स्रोत प्रहरी कार्यालय गोरखा

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.