बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको शिव महिम्नाहा उत्सव सम्पन्न


श्रावण २८, बन्दिपुर डिपि अधिकारी
पहाडकी रानी उपनामले समेत परिचित पर्यटकीय एवं धार्मिक नगरी बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको शिव महिम्नाहा उत्सवु सम्पन्न भएको छ ।
श्रावण महिनाको अन्तिम सोमबार एक कार्यक्रम को बीच भव्य रुपमा समापन गरिएको छ। समापन सत्रको अवसरमा एक दिने संगीतमय शिब पुराण कथा बाचन पंडित दिपक सापकाटाले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि ब्यास गुफा मूल सम्ंक्षक कीर्तन शिरोमणि शक्ति स्वरूपानंद श्री दामोदर बाबाले सनातन हिन्दु धर्मको महत्वको विषयमा चर्चा गर्नु भएको थियो ।
साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको मर्स्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्ग देवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तिन धारे शिव ज्योतिर्लिंग सम्मको बोलबम यात्राको समापनका अवशरमा धार्मिक सांस्कृतिक कार्यक्रम र एक दिने संगीतमय शिब पुराण कथा बाचन, तिन धारेको १२ औं सताप्दी पुरानो महत्वपूर्ण शिव ज्योतिर्लिंगको पूजा, सिद्धेश्वर भजन समूह ढुँगेसाँघु कास्कीको भजन किर्तन, विभिन्न आमा समूह तथा धार्मिक संस्थाहरुको झाँकी र भजन किर्तन प्रस्तुत गरिएको ुशिव महिम्नाहा उत्सवु मूल आयोजक समितिका अध्यक्ष किरण पोख्रेलले बताउनुभयो ।
समापन तथा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तिनधारा परिसरमा हजारौँ भक्तजनहरूको सहभागितामा गरिएको बन्दिपुर केवलकार एण्ड टुरिजम प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने आगन्तुकहरूले बताएका छन् ।
शिव महिम्नाहा उत्सवु मूल आयोजक समिति को आयोजना संचालित यस कार्यक्रमको प्रायोजन बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले गरेको हो। उक्त कार्यक्रमको सहयोगीमा भने बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका थिए ।

Facebook Comments Box
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना

शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार । नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक हमालद्वारा उद्घाटन

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.