Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
शिवरात्रीमा मंगलेश्वर महादेव मन्दिरमा राष्टिय कलाकार चिज गुरूङ सहित गामबेसी काे प्रस्तुति हुने

शिवरात्रीमा मंगलेश्वर महादेव मन्दिरमा राष्टिय कलाकार चिज गुरूङ सहित गामबेसी काे प्रस्तुति हुने

गाेरखा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीस्थित खाेलाघाटमा अवस्थित मंगलेश्वर महादेव मन्दिमा शिवरात्रीकाे दिन राष्टिय कलाकार चिज गुरूङसहित गामरबेसी राेधिघरकाे प्रस्तुति हुने छ ।

हरेक बर्ष बिबिध कार्यक्रमसहित मनाइने शिवरात्री पर्वकाे अवसरमा यस बर्ष पनि सांस्कृतिक कार्यक्रमहरू हुने छ । फागुन ६ गते शनिबार शिवरात्रीकाे दिन बिहानै देखि भक्तजनहरूले पूजापाठ गर्नेछन भने दिनभर पण्डित गाेविन्द रेग्मीकाे मुखारविन्दबाट शिव पुराण बाचन गरिने छ भने सांझदेखि रातभर बिबिध मनाेरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरिनेछ ।

यस बर्षकाे कार्यक्रम च्याङली सामुदायिक सिकाइ केन्द्रले अायाेजना गर्ने जिम्मा पाएकाे सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले जानकारी दिनुभयाे । कला संस्कृति जाेगाउने उदेश्यले हरेक बर्ष यस स्थानमा बिबिध कार्यक्रमहरू सञ्चाालन गर्दै अाइरहेकाे र साे अवसरमा सहयाेग प्राप्त रकमबाट मन्दिरमा अावश्यक पूर्वाधारहरू थप गरिदै लगिएकाे अध्यक्ष कंडेलले जानकारी दिनुभयाे ।

बिगत लामाे इतिहास बाेकेकाे यस च्याङलीकाे महत्वपूर्ण गहनाकाे रूपमा रहेकाे यस मन्दिर क्षेत्रमा धेरै पूर्वाधारहरूकाे बिकास गरी धार्मिक गन्तव्यकाे रूपमा बिकास गर्नुपर्ने वडाध्यक्ष अर्जुन कुमालले बताउनुभएकाे छ ।

कार्यक्रमकाे लागि सहयाेग गर्नेहरूकाे नामावली र रकम गाेरखा संसार मिडिया प्रा.लि. र च्याङली सामुदायिक सिकाइ केन्द्रकाे फेसबुक पेजबाट सार्वजनिक गरिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.