गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन उद्घाटन गरिएको छ । प्रिफ्यावबाट निर्मित भवनको गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
नवनिर्मित भवनबाट यसअघि नै काम काज सुचारु भइरहेतापनि औपचारिक रुपमा बुधबार उद्घाटन गरी संचालनमा ल्याइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भेषराज आचार्यले जानकारी दिए ।
उक्त भवन २०७७ जेठ ११ गतेबाट निर्माण सुरु भएको र २०७७ पुष मसान्तमा सम्पन्न भएको उनले बताए । भवनमा एउटा शौचालय सहित पाँच वटा ब्लक रहेको उनले बताए । दुई करोड ४४ लाख ९४ हजार रुपैयाँको लागतमा भवन निर्माण हो ।
कार्यालय भवन निर्माणका लागि स्थानीय चौथाबहादुर गुरुङ, खडकबहादुर गुरुङ, आइतकौरी गुरुङ, मिनबहादुर गुरुङ, सन्तमाया गुरुङ लगायतले प्रसिद्ध अजीरकोट डाँडा आसपास रहेको १० रोपनी जग्गा उपलब्ध गराएका थिए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमाया गुरुङले स्वागत मन्तव्य राखेका थिइन् । सोहि उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले गाउँपालिकाको हालसम्मको उपलब्धी प्रस्तुत गरेको थिए ।
कार्यक्रमलाई अमरराज पंगेनीले सहजीकरण गरेका थिए ।
गाउँपालिका अध्यक्ष धिताललको अध्यक्षतामा भएको कार्यक्रममा आरुघाट गाउँपालिका अध्यक्ष पूर्ण दाहाल, गोरखा नगरपालिकाकी उप्रमुख विनाकुमारी श्रेष्ठ, भिमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष विनु वाग्ले, धार्चे गाउँपालिकाकी उपाध्यक्ष पूmलमाया गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङ, जिल्ला समन्वय समितिका सदस्य मानप्रसाद धिताल लगायतको उपस्थिति रहेको थियो ।